Thursday, July 2News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-04-03

नेपालमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।

-*-

नेपालको ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त । भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

-*-

विश्वमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघे । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।

-*-

छिनु र हतोडाले उत्खन्न गरेको तामा खानी ओझेलमा । उदयपुरको रौतामाई गाउँपालिका–५ को खानी पाखामा रहेको तामा खानी सम्बन्धित निकायबाट नै ओझेलमा परेको हो ।

-*-

सुनसरीको हरिनगरको घुस्कीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप हुँदा दुई जना घाईते भएका छन् ।

-*-

सिरहाको औरही गाउँपालिका–५ मा गतराति बम बिस्फोट हुदा एक जना घाईते । बम बिस्फोटमा घरमा सुतिरहेका सुवर्ण यादव घाइते भएको प्रहरीले जनाएको छ ।

-*-

नेपालमा अति सङ्कटापन्न सुनौलो तोप चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईए । अन्य संरक्षित क्षेत्रमा देखिन छाडेपछि शुक्लाफाँटा सुनौलो तोप चराको एक्लो थलो बनेको हो ।

-*-

भारतबाट सलह किरा नेपालमा आउने जोखिम अझै कायमै रहेकाले सतर्क हुन सरकारले आग्रह । भारतको राजस्थानमा सलहको झुण्ड धेरै रहेको र यी हावाको गतिमा अघि बढ्ने भएकाले अझै पनि नेपालमा आउने संभावना उच्च रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो ।

-*-

सर्वोच्च अदालतको मुद्दा फैसला दरमा बृद्धि । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६÷७७ मा सर्वोच्चमा १ हजार ५ सय ६६ थान भन्दा बढी मुद्दा फस्र्योट भएका हुन्् ।

-*-

आज देशको विभिन्न भू–भागमा साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना  । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ ।

-*-

भारतमा नेपाली नागरिकलाई दुर्वयवहार गर्ने र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तर प्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।

-*-

जल्पा एकिकृति विकास समाज उदयपुरले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण । सरकारले ल्याएको प्रत्येक बिद्यालयमा किशोरी बालिकाहरुलाई सेनेटरि प्याड बितरण गर्ने कार्यक्रमलाई थप सहयोग पुर्याउने उद्देश्यले वितरण गरेको हो ।

-*-

अविरल वर्षासँगै आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध । स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको हो ।

-*-

अविरल वर्षासँगै आएको पहिरोले पाल्पा–बुटवलको सडक अवरुद्ध । सिद्धार्थ राजमार्ग अन्र्तगत तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बेलुकी साढे १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

-*-

मोरङमा एक जना घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु । बेलबारी–१ निबासी ३५ बर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको हो ।

-*-

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु । ईटहरी–३ निबासी ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको हो ।

-*-

सार्वजनिक यातायात संचालन गर्न यातायात व्यवसायीहरु तयार । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

-*-

पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता । हिजो बेलुकी रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडीखोला तर्ने क्रममा देवबहादुर मुखियालाई बगाएर बेपत्ता भएको हो ।

-*-

आगामी सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक । आयोजक टोकियो ओलम्पिकले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो ।