
पूर्णपुष्टि, साउन ३
विश्वमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।
कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार विश्वका १ करोड ४२ लाख १५ हजारभन्दा धेरै संक्रमित भएका मध्ये ६ लाखभन्दा धेरैको मृत्यु भएको छ भने ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ भने १ लाख ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ७७ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ ।
त्यस्तै कोरोना तेस्रो स्थानमा भारत रहेको छ । भारतमा १० लाख ४० हजार ९ सयभन्दा धेरैमा सङ्क्रमण हुँदा २६ हजार २ सय ९५ जनाको मृत्यु भएको छ ।
