
पूर्णपुष्टि, साउन ३
नेपालको ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उक्त जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै रौतहट, कैलाली, र बाजुरामा ५ सय भन्दा धेरैका दरले सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
अहिले देशका विभिन्न अस्पतालका आइसोलेशनमा ५ हजार ८ सय २५ जना सङ्क्रमित उपचाररत छन् । १ न. प्रदेशमा ७९, २ न. प्रदेशमा १ हजार ८ सय ४४, वाग्मती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८, ५ न. प्रदेशमा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना सङ्क्रमित उपचाररत छन् ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ भने निको हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ ।
