Monday, February 17News That Matters

पूर्ण सरसफाई अवस्थाबारे अन्तक्रिया

 

गाईघाट/असार १३

शान्ति समाज केद्र पेशोक नेपाल उदयपुरले पूर्ण सरसफाई उन्मुख अवस्थाबारे सरोकारवालाहरु सँग गाईघाटमा शुक्रबार छलफल तथा अन्र्तक्रिया गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको समन्वयमा आर्थिक बर्ष २०७४/०७५ मा उदयपुरको ७५ ओटै वडाहरुमा संकलित डाटा प्रस्तुत गर्दै तत्कालिन अवस्था र आउने अवस्थाको बारेमा छलफल तथा अन्र्तक्रिया गरेको हो ।

जिल्ला पूर्ण सरसफाई उन्मुख ( ओडिएफ ) घोषणा भईसके पनि बिभिन्न समस्याका कारणले गर्दा यसको ब्याबाहरमा कार्यन्वयन नभएको भन्दै अन्र्तक्रिया गरिएको शान्ति समाज केन्द्र पेशोक उदयपुरका अध्यक्ष सिर्जना दनुवारले बताईन् ।

उनिले बिषेश गरी जिल्लाका बिभिन्न वडाहरुमा पानीको भयावह अवस्था र बनेको धारामा पनि पानी सुक्नाले सबैभन्दा ठूलो समस्या भएको बताईन् । पानीको अभावमा बनेको चर्पि पनि प्रयोग बिहिन भएको र जनचेतनाको अभावमा अझै पनि जनताहरु १५ प्रतिसत चिर्पि बिहिन अवस्थामा रहेको उनीले बताईन् ।

गाउँघरमा भौगोलीक विकटता, पानीको मुहान नजिक नहुदा र मुहान सुक्नाले पानीको सहज प्रयोग गर्न नपाउँदा पूर्ण सरसफाइमा समस्या देखिएको छ । दनुवारले जिल्लालाई पूर्ण सरसफाई उन्मुखलाई कार्यन्वयन गर्न स्थानीय सरकारको पनि ठुलो भुमिका रहेको बताईन् ।

उनिले स्थानीय सरकारले यसको लागि रणनीती तथा कार्य योजना नै बनाई काममा सहयोग पुराउनु पर्ने बताईन् । स्थानीय सरकारको कम बजेटको कारण कार्यन्वयनका पक्षहरु थुप्रै पछि परेको उनिले बताईन् ।

जनचेतना तथा पानीको स्रोतहरुलाई निरन्तर बनाउन सकेमा पनि यसको सामाधान हुने देखिएको छ । तर पानीको योजनाहरु सानो तिनो बजेटले सम्भव नहुदा यसको समस्या उस्तै रहने अन्र्तक्रियामा छलफल भएको छ ।

पूर्ण सरसफाई उन्मुख घोषणाको काम पुरा भएता पनि बिभिन्न स्रोत साधनहरु पूर्ण नभएकोमा उपस्थितिहरुले कुरा राखेका छन् । खाने पानीको स्रोत, जनचेतना, सेनेटरी प्याड, प्रयोग बिहिन शौचालय र पानी सुद्धिकरण जस्ता समस्याहरुमा सरसफाई पूर्णताको प्रश्न बनेका छन् ।

नगर तथा गाउँपालिकाको ७५ ओटै जिल्लाको तथ्याङक अनुसार ३१ ओटा वडाहरुले मात्र पूर्ण सरसफाई रणनिति योजना बनाएका छन् । जसमा बेलका नगरपालिकामा ७ ओटा, चौदण्डी नगरपालिकामा ३ ओटा, त्रियुगा नगरपालिकामा २ ओटा, कटारी नगरपालिकामा ९ ओटा ताप्ली गाउँपालिकामा १ ओटा, उदयपुरगढी गाउँपालिकामा ३ ओटा, रौतामाई गाउँपालिकामा १ ओटा र लिम्चुङबुङ गाउँपालिकामा ५ ओटा रहेका छन् ।

यस्तै सार्वजानिक शौचालय चौदण्डीगढी नगरपालिकामा ७ ओटा, बेलका नगरपालिकामा २ ओटा, त्रियुगा नगरपालिकामा १० ओटा, कटारी नगरपालिकामा ९ ओटा रहेका छन् भने, उदयपुरगढी गाउँपालिकामा ४ ओटा, ताप्ली गाउँपालिकामा २ ओटा, रौतामाई गाउँपालिकामामा ४ ओटा र लिम्चुङबुङ गाउँपालिकामा शुन्य रहेको छ ।

त्यस्तै गरी जिल्लाको सबै वडाहरुको तथ्याङक संकलन अनुसार निजि चर्पि प्रयोग गर्ने ६९८४१ घरधुरी रहेका छन् भने चिर्पिनै प्रयोग नगर्ने घरधुरी १६९३ रहेका छन् । जसमा ताप्ली गाउँपालिका शुन्य रहेको छ । यस पालिकामा सबै घरधुरीमा चर्पि रहेको तथ्याङले देखाएको छ । चर्पिमा सबै सामाग्री चप्पल, सावुन, ब्रस, हर्पिक प्रयोग गर्ने ४३८२० रहेका छन् भने सामान बाहेक चर्पि मात्र प्रयोग गर्ने २७७१४ रहेका छन् ।

यसैगरी पानी शुद्धिकरण गरेर खाने घरधुरी २२४२६ रहेका छन् । पानी शुद्धिकरण नगरी प्रयोग गर्ने घरधुरी ४९१०८ रहेका छन् । यता स्यानटरी प्याड प्रयोग गर्ने २२०१०, रहेका छन् भने कपडाको प्याड प्रयोग गर्ने ३४१११ र प्याड नै प्रयोग नगर्ने १४८३२ रहेको छ ।

साबुन पानीेले हात धुने जम्मा ४०२०६ रहेका छन् । जसमा चौदण्डीगढी नगरपालिकामा ६५१२, बेलका नगरपालिकामा ६३५६, त्रियुगा नगरपालिकामा १०७३२, र कटारी नगरपालिकामा ६७१२ रहेका छन् । यता उदयपुरगढी गाउँपालिकामा ४३८३, ताप्ली गाउँपालिकामा १०७५, रौतामाई गाउँपालिका ३९२६ र लिम्चुङबुङ गाउँपालिकामा ५१० रहेका छन् ।