Tuesday, April 28News That Matters

पूर्वपश्चिम बरुवा बसपार्क र मुसहरबस्ति डुवानमा

पूर्णपुष्टि/उदयपुर, साउन १८
रातभरकाे वर्षातले उदयपुरकाे त्रियुगा नगरपालिका-१३ स्थित पूर्विश्चिम बरुवा बसपार्क र मुसहरबस्ती डुवानमा परेकाे छ ।
डुवानका कारण बसपार्क सञ्चालन, ट्राफिक कार्यालय आवतजावतमा अवराेध भएकाे छ । बसपार्कमा रहेका नगरपालिकाकाे दमकल, एम्बुलेन्स लगायतका यन्त्र तथा साधनहरु, टिकट काउन्टरहरु डुवानमा परेका छन् ।
बसपार्क निर्माणकाे क्रममा बर्षातकाे पानी निकास हुने ठाउँ नराख्दा सामान्य वर्षातमा पनि यहाँ डुबान हुने गरेकाे छ ।
उता मुसहरबस्ती डवानमा पर्दा दुईघर बिस्थापित भएका छन् ।प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले क्षतिकाे जानकारीकाे खाेजि तथा विवरण संकलन कार्य भईरहेकाे बताउनुभयाे । विहानसम्म मुसहरबस्ती बाहेकमा क्षतीकाे खबर नआएकाे बताउनु भयाे । मुसहरबस्तीमा उद्धार कार्यमा सुरक्षाकर्मी खटिएका छन् ।
खाेलामा बाढी र सतर्कता
     यसैबीच गएराती त्रियुगा र बरुवाखाेलामा जलमापन सतर्कता तह पार हुनेगरी बाढी आएकाे छ ।  याे वर्षकाे वर्षा सिजनकाे पहिलाे बाढी हाे । माैसम विज्ञान विभागले राती २ : ०० बजे मापन गर्दा सतर्कता तह पार गरेकाे पाएपछि सर्वसाधारणलाई सतर्कता अपनाउन सुचित गरेकाे छ । “त्रियुगा र बरुवाकाे तटीय क्षेत्र र डुवान भईरहने क्षेत्रका बासिन्दाहरुले विहानसम्म सतर्कता अपनाओैं” माेवाईल एसएमएस सुचनामा भनिएकाे छ । विहानदेखि भने बाढी घटेकाे पाईकाे छ भने उज्यालाे भएसंगै वर्षात कम भएकाे छ । सिमसिम पानी भने परिरहेकाे छ ।
वर्षाले कृषकमा राहत महशुस, त्रियुगा र बरुवामा बाढी
     खडेरीकाे चपेटामा परेकाे उदयपुर तीनदिन यता वर्षात सुरु भएपछि यहाँका कृषकहरुले राहत महशुस गरेका छन् ।
खडेरीले धान राेप्न नपाएका र राेपिएका खेतसमेत सुकेकाेमा राहत महशुस गरिएकाे हाे ।
खडेरीले ३० प्रतिशत बढि खेत बाँझै थिए । हालकाे वर्षाले खेत भिज्न पाएकाे छ । कृषकले धान राेप्ने माैका छाेपेका छन् । धान राेप्ने सिजन भने अन्तिम भईसकेकाे छ । अहिले राेपेर बेलैमा राेपिएकाे धानकाे जस्ताे उत्पादन भने अपेक्षा गर्न नमिल्ने कृषि प्राविधिकहरुकाे भनाई छ ।
तीनदिनअघि दिउसाे ३ घण्टा वर्षात भएकाे थियाे । त्यसयता दुई रात वर्षात भएकाे हाे ।

फाेटाे फिचर