Monday, June 29News That Matters

३ देशका लागी प्रस्वितत राजदूतविरुद्ध उजुरी आह्वान

पूर्णपुष्टि, असोज २१

संघीय संसदको संसदीय सुनुवाई समितिले पूर्व अर्थमन्त्रि डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।
सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

सिफारीस राजदुतहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

बुधबार बसेको सुनुवाई समितिको बैठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचना प्रकाशित गरेको छ । कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ ।

सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवं सबुद प्रमाणसहित उजुरी दिन भनिएको छ । उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले जनाएको छ ।