Saturday, May 16News That Matters

पूर्वमन्त्रि सहित १० जना जुवाखालबाट पक्राउ

पूणर्पुष्टि, कार्तिक १६

पूर्वमन्त्रि सहित १० जना जुवाखाल बाट शनिवार पक्राउ परेको छ । पूर्वराज्यमन्त्री खोभारी राय यादव समेत जुवाखालबाट पक्राउ परेका हुन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।

स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् ।