Thursday, April 23News That Matters

पूर्वी स्टार सिजन १ गायन प्रतियोगिताको उपाधी अरुन बराईलीले जित्यो,

पूर्णपुष्टि, १६ बैशाख
पूर्वी स्टार सिजन १ गायन प्रतियोगिताको उपाधी अरुन बराईलीले जितेको छ । विहिबार धरान १५, स्थित किरात याक्थुङ चुम्लुङको हलमा सम्पन्न ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीहरुलाई पछि पार्दै वराईलीले पुर्वी स्टार सिजन १ को उपाधि चुमेको हो । प्रतियोगितामा फर्स्ट रनर (अप शान्ती लिम्बु, सेकेन्ड रनर(अप सागर तामाङ बनेको छ । विजेता बने सँगै बराईलीले नगद ४ लाख सहित सुनको सिक्री, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् भने, एउटा गित रेकर्ड गर्ने अवसर समेत पाउने भएका छन ।

यस्तै फष्ट रनरअप सिक्मिकी शान्ति लिम्बुले नगद १ लाख ५० हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् भने, एउटा गित रेकर्ड गर्ने अवसर समेत पाउने भएकी छन् ।

यसैगरि असामका सागर तामाङ सेकेन्ड रनरअप भएका छन । सेकेन्ड रनरअप भएसँगै तामाङले नगद ५० हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने, एउटा गित रेकर्ड गर्ने अवसर समेत पाउने भएका छन् ।

हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना भएको यस गायन प्रतियोगिताको अफिसियल मिडिया पार्टनर तेह्रथुम मिडिया रहेकोे कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिए ।