
पूर्णपुष्टि, जेष्ठ ३ । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरीका ३५ वर्षीय महेश भण्डारी रहेका छन् ।
बेलौरी नगरपालिका–६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या गरेको आरोपमा भण्डारीलई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशी जानकारी दिए । डिएसपी जोशीका अनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।