
पूर्णपुष्टि,माघ २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटरमा तीन÷तीन रुपियाँले बृद्धि गरेको हो ।
नयाँ मूल्यअनुसार अब पेट्राल प्रतिलिटर १७८ रुपियाँ, डिजेल-मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन(आईओसी)ले १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बढेर आएको थियो । सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । तेल खरिद गरेबापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुुपरेको निगमले जनाएको छ ।
