Tuesday, June 9News That Matters

पेस्तोलसहित दुई युवा पक्राउ

पूर्णपुष्टि,चैत १२

पर्सामा कटुवा पेस्तोलसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ सिर्सिया निवासी २७ वर्षीय दीपेन्द्र साह र २३ वर्षीय सनोज गुप्ता पक्राउ परेको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्लाको वीरगञ्ज  महानगरपालिका–१३ श्रीपुरस्थित हुलाकी सडकमा हिँडिरहेका दुई जना युवा माथि शंका लागि उनीहरूलाई खानतलासी गर्दा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीकाअनुसार अभियुक्तहरूलाई थप कारबाहीका लागि प्रहरी हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।