Tuesday, May 12News That Matters

पेस्तोलसहित सम्पर्क विहिन प्रहरी जवान मृत फेला

पूर्णपुष्टि, बैशाख ३० गते । 

सुर्खेतमा पेस्तोलसहित सम्र्कविहिन प्रहरी जवान मृत फेला परेको छ । सिम्ता गाउँपालिका–३ मा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार बिहान  मृत अवस्थामा फेला परेको हो ।

राति दुई बजेदेखि सम्पर्कविहीन भएकोर बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । एक थान पेस्तोलसहित सम्पर्कविहीन खड्काको शव बिहान नौ बजेतिर चौकीदेखि करिब पाँच सय मिटरको दुरीमा कन्चटमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खड्काको आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।