Tuesday, June 30News That Matters

पेस्तोलसहित २ युवक पक्राउ

पूर्णपुष्टि, भदौ ६ गते ।
पेस्तोलसहित मोरङमा दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपालमा बेच्न ल्याइएका पेस्तोल र रिभल्बरसहित क्रेता र विक्रेता पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल पक्राउ परेका हुन् ।
बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा सोमबार साँझ ५ बजे उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो ।
उनलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याएर सोधपुछ गर्दा हतियार बेच्न नेपाल आएको खुलेको थियो । त्यसपछि ती हतियार किन्न खोजेका अर्का व्यक्ति नविन धिमाललाई राति ८ बजे मोरङको डाम्रभिटा भन्ने स्थानबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
धिमालले प्रयोग गरेको को २२प ६७०७ नम्बरको मोटरसाइकल, ४७ हजार ७७० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले जनाएको छ ।