Wednesday, June 10News That Matters

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाण्डौँ, जेष्ठ १५
गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । (रासस)