पूर्णपुष्टि, माघ १ गते । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनास्थल बाट ३२ जनाको शव निकालिएको छ । विमानमा ६८ जना यात्रु र चालक दलका चार जना सहित ७२ जना रहेको थिए ।
विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जनाए । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।
आईतबार बिहान १०:३३ बजे काठमाडौंबाट पोखरा उडेको विमान पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा दुर्घटना भएको हो । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपालि सेनाको टोली खटिरहेका छन् । अहिले पनि उद्धारकार्य जारी रहेको छ ।
