पूर्णपुष्टि, भदौ ३१ । मोरङमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–२ बस्ने घनश्याम माझिको १२ बर्षीया छोरी समिक्षा माझी र मनोज खवासको १० बर्षिया छोरी रेजिना खवास रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शनिबार बिहान साढे ११ बजे घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा २ बालिका डुबेर घाईते भएका थिए । घाईते बालिकाहरुलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर पु¥याउनसाथ डाक्टरले मृत घोषीत गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।