
पूर्णपुष्टि, असार ७
झापामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका–११ स्थित अर्जुनधारा बस्ने ४० वर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर ज्यान गएको हो ।
हिजो बेलुका पौने ६ बजे उनी घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा आज बिहान १० बजे माईकल सोरेनको शव फेला परेको छ । शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

