
पूर्णपुष्टि, असार ७
उदयुरमा निषेधा खुकुलो बनाएर थप ७ दिनका लागि थपिएको छ । कोरोना भाईरस रोकथाम तथा पूर्ण नियन्त्रणलाई निरन्तर दिँदै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । यो पटक प्रशासनले केहि सहज बनाएर निषेधाज्ञा थप गरेको छ ।
जिल्लामा कोरोनाको संक्रमण दर र अवस्थालाई मध्य नजर गरी आर्थिक बर्षको अन्तिमलाई समेत ध्यानमा राखेर निषेधाज्ञा सहजता बनाइएको प्रशासनले जनाएको छ । प्रशासनको सूचना अनुसार सोमवार रातिको १२ बजे बाट लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ ।
निषेधाज्ञामा सार्वजानिक अत्यादिक भिँडभाँडका गतिविधिहरु खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर, बिवाह, प्रतबन्ध, पास्नी, जन्मउत्सव, मस्जीत, बिहार, चैत्य, चर्च, सैलुन, व्युटिपार्लर, सभाहल, फिल्म हल, तालिम, गोष्टी, जिमखाना, फिटनेस, पार्टीप्यालेर्स स्वीमिङ पुल, सेमिनार, आदि भिँडभाँडका कुनै पनि कार्यक्रमहरु भने बन्द गरिएको छ ।
शैक्षिक क्षेत्रहरु, कलेज, स्कुल, ट्युसन बन्द गरिनुका साथै विद्यार्थी शिक्षक भौतीक रुपमा भेला भई पठनपाठन र सिकाई गर्न नपाईने पनि सूचनामा उल्लेख गरिएको छ ।
जिल्लाभरी निजि सवारीलाई पनि खुल्ला गरिएको छ । स्वास्थ्य मापदण्ड अनुरुप अन्य बजार र सवारीलाई पनि खुल्ला गरिएको हो । अत्यादिक भिँडभाँडका पसलहरु बोहेकका खाद्यन्न बाहेकका अन्य बजार पसलहरु पनि सबै खुलाइएको छ ।
बिहान ६ बजे देखि बेलुका ६ बजे सम्मलाई बजार पसलहरु खुलाइएको हो । सरकारी कार्यालय बैँक वित्तियहरु पनि सबै खुलाइएको छ । 
