
पूर्णपुष्टि, असार ७
पाँचथर याङवरक गाउँपालिका–२ स्थितमा पहिरो सगै झरेको ढुंगाले लागी एकजनाको ज्यान गएको छ । सोही वडा लेखेवा का ५८ वर्षीय टेकनाथ धौरालीको पहिरोमा परी ज्यान गएको हो ।
धौरालीका टाउको , शरिरमा ढुंगाले लागी घट्नास्थलमानै ज्यान गएको छ, भने सोही स्थानका ५२ वर्षीय खड्क बहादुर राई सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आज बिहान सँवा ७ बजे उनिहरुलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथीबाट पहिरोसँगै आएको ढुंगाले लागेको थियो । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी स्थानिय स्वास्थ्ये चौकीमा पठाईएको जनाइएको छ ।
