
पूर्णपुष्टि, असार ७
प्रदेश नम्बर १ का चार जिल्लाहरुका लागि अक्सिजन कन्सन्टे«टर पठाइएको छ । एनआरएनए र करूणा फाउन्डेसनले उपलब्ध गराएका अक्सिजन कन्सन्ट्रेटर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न जिल्लाका लागि उपलब्ध गराउन मेची अभियानलाई हस्तान्तरण गरेका छन् ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङका अत्यावश्यक ठाउँमा अक्सिजन कन्सन्ट्रेटर पठाइएको शर्माले बताउनुभयो ।
शर्माका अनुसार एनआरएनएले २० र करूणा फाउन्डेसनले ५ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका थिए । उक्त सामग्रीले संकटका बेला महत्वपूर्ण राहत भएको छ ।
