Friday, October 4News That Matters

प्रचण्डसित आक्रोसित किरातीले गरे- भाटे कारवाही तयारीको आव्हान्

पूर्णपुष्टि, असोज १८ गते ।

उदयपुर–नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता, पार्टी सचिवालय सदस्य गोपाल किराँतीले पहिचान विरोधी उम्मेदवारलाई भाटे कारवाहीको चेतावनी दिएका छन् ।

हिजो भएको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको सहमतिको विरोध जनाउदै नेता किँरातीले सहमतिका कारण माक्र्सवाद, लेलिनवाद, माओवाद र पहिचानको मुद्दा धरापमा परेको भन्दै पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको चेतावनीसमेत दिएका हुन् ।

“सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आव्हान गर्दछु ।” उनले आप्mनै फेसबुकमार्फत जारी विज्ञप्तीमा भनिएको छ ।

पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगराई अध्यक्ष प्रचण्डले उक्त कदम चालेकोमा आपत्ति जनाउदै उनले माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने प्रचण्ड समुहको कदम दलिक्षणपन्थी, विसर्जनवादी र अवैधानिक भएको भनेका छन् । उनले त्यसको चौतर्फी भण्डाफोर गर्न आव्हानसमेत गरेका छन् ।

उनले चुनावी तालमेल घोषणालाई नाटकको संज्ञा दिदै एमाले, माओवादी विचार र पहिचानको दुस्मन पार्टी भएको र प्रचण्डसमुहले आत्मघाती निर्णय गरी आत्मसमर्पण गर्न लागेको बताएका छन् ।

उनले प्रचण्ड समुहको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पुनरगठन भेला आयोज समिति निर्माणको आव्हान गरेका छन् । उनले प्रचण्ड समुहको आत्मघाती निर्णयबाट असन्तुष्टि पक्षलाई विचलित नहुन आव्हान गर्दै नयाँ आधारमा माओवादी केन्द्रलाई पुनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न आव्हान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0