
पूर्णपुष्टि, बैशाख २४
नेपाली काग्रेसको केन्द्रिय सदस्य लक्ष्मी परियारले केपी ओलीले देशमा प्रतिगमन ल्याउन खोजेकोले गठबन्धन बनेको बताउनु भएको छ ।
आज रोतामाई गाउँपालिकाको भुट्टारमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै परियारले प्रतिगमन लाई परास्त गर्न गठबन्धन आबस्यक भएको भन्नुभयो । उहाँले भन्नुभयो “केपी ओलले जनमतको दुरुपयोग गरी देशलाई प्रतिगमन तर्फ लग्दै परिवर्तन उल्टाउन लागेका थिए । “केपी ओलीको
प्रवित्तृलाई परास्त गर्न गठबन्धन आबश्यक पर्यो ।”
केन्द्रिय सदस्य परियारले आफ्नो संम्बोधन अधिकांश समय केपी ओली र उनको सरकारले गरेको गलत कामको बिषयमा खर्च गर्नुभएको थियो ।
