Sunday, May 17News That Matters

प्रतिगमन बिरुद्ध उदयपुरमा कांग्रेसको बिरोध प्रदर्शन

पूर्णपुष्टि, फागुन ३

सरकारको प्रतिगमन कदम बिरुद्ध गाईघाटमा कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । सोमावर देशव्यापी रुपमा भईरहेको प्रदर्शनको अवसर पारी उदयपरमा पनि बिरोध गरेको हो ।

जिल्लाको बिभिन्न ठाउँबाट उपस्थित कांग्रेस नेता तथा कार्यकर्ताहरुले पिपलचोकमा कोणसभा गरी संसद विघटनको चर्को बिरोध गरेको छ ।

सुखि नेपाली समृद्ध नेपालको नारा लगाउने सरकारले जनताको जन चाहाना विपरित काम गर्न लागलेको भन्दै यस्को विरुद्धमा आम नेपाली जनता र नेपाली कांग्रेस लागेको बताए ।

नेपाली कांग्रेस उदयपुरको सभापति विदुर बस्नेतको सभापतित्व पिपलचोकमा कोणभा भएको छ भने कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरीले सम्बोधन गर्ने भएको छ ।