Wednesday, May 20News That Matters

प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित युवक पक्राउ

पूर्णपुष्टि, फाल्गुन ३
मोरङको सुनवर्षी नगरपालिका–८ स्थितबाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी–१ का २३ बर्षीय बिनोद तामाङ रहेका छन ।
हिजो राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले पैदल यात्री तामाङलाई संका लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरिरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भएको हो । पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।