Friday, June 12News That Matters

प्रतिस्पर्धिहरुलाई ठुलो मतान्तरले पछि पार्दै १६ नं वडामा माओवादीबाट मान वहादुर राईको प्यानलै बिजयी

पूर्णपुष्टि, जेष्ठ ११
त्रियुगा नगरपालिका १६ मा मान वहादुर राईले फराकिलो मन्तान्तरले प्रतिस्पर्धिहरुलाई हराउँदै बिजयी हाँसिल गरेको छ । १४ सय ७६ मत रहेको सो वडामा ९३२ मत ल्याई जित हाँसिल गरेको हो । राईको प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार राम वहादुर मगरले ३३१ मत ल्याए भने एमालेका उम्मेदवार बिष्णु मगरले १३६ मत मात्र ल्याए । राईले आफ्नो प्रतिस्पर्धिहरुलाई सहजै पराजित गरी बिजय हाँसिल गरेको हो । राई सहित सो वडामा प्यानलै बिजयी बनेका छन् । खुल्ला सदस्यहरुमा घमना सिंह राईले ८४८ मत ल्याई बिजयी बनेका छन् ।

अर्का खुल्ला सदस्य राम नारायण श्रेष्ठले ८२८ मत ल्याई बिजयी बने । यस्तै महिला सदस्यमा गोमा कार्कीले ८८० मत ल्याईन् । दलित महिला सदस्य कुन्ती परियारले ८७५ ल्याई बिजयी बनेका छन् ।
राई नेकपा माओवादी र नेकापा एसको संयुक्त वडाअध्यक्ष उम्मेदवार हो । उनि पहिलेको चुनवामा पनि वडाअध्यक्षमा बिजयी बनेका थिए । राईले वडामा निकै राम्रा काम र जनताको सकरात्मक अबिभावक बनेर काम गरेको चर्चा छ । पूर्व शिक्षक तथा सामाजिक संस्थाहरुमा समेत प्रभाव जमाएका राईले सो वडामा आफुलाई बिजयी बनाउन सहज रहेको जनाए ।