
पूर्णपुष्टि, फागुन १९ । कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गत विराटनगरमा सम्पन्न प्रदेशस्तरीय कराँते प्रतियोगितामा उदयपुरको कटारी नगरपालिकाका तीन प्रतिभाशाली खेलाडीले पदक जित्न सफल भएका छन् । ‘खेल गति नै खेलाडीहरुको प्रगति हो’ भन्ने मूल नाराका साथ आयोजित यस प्रतियोगितामा कटारीको प्रगति डोजोका खेलाडीहरुले उदयपुरको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका हुन् ।
प्रतियोगितामा शसिका आलेमगरले ५५ केजी तौल समूहमा स्वर्ण पदक हासिल गरिन् । त्यसैगरी, प्रनिश परियारले ६७ केजी तौल समूहमा रजत पदक र कमल तामाङले ४० केजी तौल समूहमा कास्य पदक जित्न सफल भए । प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित यस प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरुले भाग लिएका थिए ।