
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, माघ २३ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा आजदेखी प्रथम त्रियुगा जलजले महोत्सव २०८१ सुरु भएको छ । बुधबार एक कार्यक्रमको बिच त्रियुगाका मेयर बसन्त कुमार बस्नेतले औपचारिक रुपमा महोत्सवको उद्घाटन गरे सँगै महोत्सव संचालनमा आएको हो ।
‘स्वदेशमा शिक्षा, रोजगार, कृषी पर्यटन सँगै स्थानीय व्यवसायी प्रवद्र्धन क्षेत्रमा लगानी’ भन्ने मुल नाराका साथ स्वर्णीम युवा क्लबको आयोजना तथा त्रियुगा नगरपालिकाको संयोजनमा उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा आजदेखी महोत्सव सुरु भएको हो । मदन भण्डारी राजमार्ग बनेपछि जलजले बजार दिनदिनै खस्किदैँ गएको र ओझेलमा परेको कारण स्थानिय व्यवसायलाई प्रोत्साहन गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ ।महोत्सवमा राखिएको स्टलहरुमा थारु, नेवारी लागयतका स्थानिय परिकारहरु रहेको छ । महोत्सव संयोजक रमाकान्त चौधरीका अनुसार हरेक दिन राष्ट्रिय ख्याति प्राप्त कलकारहरुको प्रस्तुती रहने छ । आज महोत्सवको पहिलो दिन कमल खत्री र एल्जिना रेग्मीको सांगितिक प्रस्तुती रहनेछ । सविन राई, तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योति मगर लगायतका ख्याति प्राप्त कलकारहरु महोत्सवमा सहभागी हुनेछ । आजदेखी सुरु भएको महोत्सव फागुन ३ गते सम्म संचालन हुनेछ ।