Saturday, April 26News That Matters

प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा तालतलैया विजयी

पूर्णपुष्टि,भाद्र २३ । उदयपुरको चौदण्डीगढीमा प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । चौदण्डीगढी–७ स्थित सहीद रामप्रशाद राई रंगशालामा खेलमा फ्युजन फुटबल क्लव गाईघाटलाई तालतलैया फुटबल क्लवले ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

प्रतियोगिताको पहिलो हाफको २५ र २६ औं मिनेटमा तालतलैयाका जर्सी नं.६ का रमेश राजवंशीले र सन्दिप लिम्बुले १र१ गोल गरि टिमलाई अग्रता दिलाएको थियो । यस्तै फ्युजन फुटबल क्लवको तर्फबाट खेलको ३० औं मिनेटमा जर्सी नं. १० का समिर राईले १ गोल गर्दै खेललाई २-१ मा परिणत गरेका थिए । यता दोस्रो हाफको ७४ औं मिनेटमा तालतलैयाकै जर्सी नं.१७ का विवस गुरुङले फ्युजनका खेलाडिहरु अन्योलमा पर्दा त्यसको फाईदा उठाउँदै टिमका लागि पुन १ गोल थप्दा ३–१ गोल अन्तरले तालतलैया बिजयी भएको हो ।

पारुहाङ एकेडेमीका पूर्व विद्यार्थीको सम्झनामा आयोजित प्रतियोगिताको निम्ति पहिलो पुरस्कार ५० हजार प्रायोजन गरेको छ । जस अन्तरगत विजयी हुने टिमले नगद रु, ५० र २५ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिने छ । आज देखि सुरु भएको प्रतियोगिता आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितको अध्यक्षता क्लवका अध्यक्ष रोशन राई नुनुले गरिरहेको छ ।

प्रतियोगिता उद्घाटन मेयर कालुमान लामाले गरेका छन् भने कार्यक्रममा चौदण्डीगढीका प्रथम मेयर खगेन्द्र राई, सामाजिक व्यक्तित्वहरु छविन्द्र राई, जनक कार्की, कुमार ल्वागुन, क्या। रामबहादुर राई, पवन कार्की, प्रिया राई कटवाल, बसाहा क्लवका अध्यक्ष गौतम राई, पूर्व अध्यक्ष शेखर राई, महाप्रशाद राई त्यसैगरी वडाध्यक्षहरु अमर खड्का, केशव घिमिरे, भवनाथ मगर लगायतको उपस्थिती रहेको थियो ।

यस्तै आइतबार दोस्रो खेल गाईघाट फुटबल क्लव र भागलपुर फुटबल क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।