Saturday, June 6News That Matters

प्रथम वडाअध्यक्ष गोल्ड कप : गाईघाट र फ्युजन फुटवल क्लव फाइनलमा प्रवेश

उदयपुर
पूर्णपुष्टि,माघ १९ । गाईघाटको बोक्से स्थित गंगा खेल मैदानमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कप प्रतियोगिताको फाईनल खेलमा गाईघाट फुटवल क्लव र फ्युजन फुटवल क्लवले प्रवेश पाएको छ । बिहिबार भएको रोमाञ्चक सेमिफाइनल खेलमा कटारी फुटवल क्लवलाई १को विरुद्ध २ गोल गर्दै गाईघाट फुटवल क्लव फाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १४आँै मिनेटमा कटारी फुटव क्लवको तर्फबाट जर्सि नम्बर ३का प्रताप राईले आफ्नो टिमकालागि गोल गर्दै खाता खोल्न सफल भएको थियो । त्यस लगतै गाईघाट फुटबल क्लवको तर्फबाट जर्सि नम्बर ५का खेलाडि भुवराज थापाले खेलको १८औँ मिनेटमा खेललाई बरावरमा ल्याए ।

पहिलो हाफको खेल दुवै टिमका तर्फबाट १–१ गोल मै सिमित रह्यो । दुवै टिमका खेलाडीहरु फाइनलको डोका ढक–ढककाउन निकै उत्साहित देखिएका थिए । दोस्रो हाफको ५२आँै मिनेटको खेल चलिरहँदा गाईघाट फुटबल क्लवको तर्फबाट जर्सि नम्बर १०का विवेश चौधरीले टिमलाई अग्रता दिलाउँदै गरेको गोलले विपक्षि पोस्टको दिशा लिन सफल भएको थियो । चौधरीले गरेको अन्तम उत्कृष्ट गोलनै गाईघाट फुटवल क्लवको लागि उपविजेता बन्दै फाईनलमा प्रवेश पाएको हो ।

खेलको “निर्धारित समय” सम्ममा गाईघाट २–१ कटारी रहेको थियो । विहिवारको म्यानअफदि म्याच कटारी फुटबल क्लवका खेलाडी प्रताप राईले पाएका छन् । यस संगै फाईनल खेलमा फ्युजन फुटवल क्लव र गाईघाट फुटवल क्लब बिच प्रतिश्पर्धा हुनेछ । फाईनल खेल आगामी २१ गते शनिवार हुने आयोजकले जनाएको छ ।