काठमाडौं २१ मंसिर । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणअन्गर्गत निर्वाचनको मतदान कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगकका अनुसार आज विहान ७ बजेदेखि ४५ जिल्लामा मतदान सुरु भएको छ भने बेलुकी ५ बजेसम्म मतदानको प्रक्रिया जारी रहने छ ।
विहानैदेखि मतदान गर्नका लागि मतदाताहरु कोहि जाँदै आउने क्रम जारी र कोहिले मतदान गरिसकेको र कोहि लाईनमा मतदान गर्न बसिरहेको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
कुन कुन जिल्लामा हुँदैछ निर्वाचन ?
दोस्रो चरण अन्तर्गत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुँदैछ ।