Sunday, May 17News That Matters

प्रदेश १ काे सात जिल्लामा फैलियाे काेराेना संक्रमण, झापा र धनकुटामा तिब्रबृद्धि

पूर्णपुष्टि, जेठ ७

प्रदेश १ काे उदयपुरकाे भुल्केमा देखिन सुरु गरेकाे काेराेना संक्रमण एकमहिनाकाे समयावधीमा प्रदेश
अन्तरगतका सात जिल्लामा देखिएका छन् । सुरुमा वैशाख ५ गते भुल्केमा १२ जनामा काेराेना पुष्टि भएकाेमा अाजसम्म प्रदेशभर ६६ जना संक्रमित पुगेकाे छ ।
१४ जिल्ला रहेकाे प्रदेश १ मा सवैभन्दा धेरै उदयपुरमा ३३ जना, झापामा १७, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३, भोजपुरमा १ र खोटाङमा १ जनामा कोरोना देखिएको हो ।
उदयपुरमा नुरि मस्जिदमा रहेका १२ भारतीयसहित जमाति समुहमा संक्रमण देखिएकाे हाे भने उनिहरुबाट मस्जिद रहेकाे बस्तिका अन्यमा सरेकाे हाे । त्यहा ३२ जना मुस्लिम समुदायमा संक्रमण देखिएकाे हाे । पछिल्लाे समय उक्त समुदाय बाहिर गाईघाट बजारमा एक पत्रकारमा देखिदा उदयपुरमा ३३ संख्या पुगेकाे हाे । उदयपुरमा काेराेना नियन्त्रणकै अबस्थामा देखिएकाे छ भने अन्य जिल्लामा संक्रमण तिब्र फैलिदै गएकाे देखिएकाे छ । झापामा सबैभन्दा तिब्रतर बढ्दै गएकाे छ । भारतसंग खुल्लासिमाकाे कारण पछिल्लाे समय भारतबाट प्रवेश गर्नेहरुका कारण झापामा संक्रमित बढिरहेकाे हाे । धनकुटा, माेरङ, सुनसरिमा पनि विभिन्न ठाउँबाट गाउँ प्रवेशका कारण संक्रमण देखिएकाे हाे भने भाेजपुरमा विदेशबाट अाएका एक युवामा देखिएकाे हाे । खाेटाङमा संक्रमित देखएका युवा काठमाडाैबाट गएका थिए ।
बुधबार थप ७ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा संक्रमित ६६ पुगेकाे हाे ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाबको नमूना परीक्षणमा झापामा ५ जनालाई कारोना पोजेटिभ देखिएको हो । त्यसैगरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको प्रदेश १ को कोरोना इन्फर्मेशन डेस्कले जनाएको छ । मंगलबारमात्रै झापामा ९ जना र धनकुटामा ५ जनामा कोरोना पुष्टि भएको थियो ।
हालसम्म प्रदेश १ मा निकाे भएर फर्कनेकाे संख्या २६ पुगेकाे छ । जसमा २४ जना उदयपुर भुल्केका हुन् । अाजैमात्र उदयपुर भुल्केका ८ जना काेशि काेरना अस्पतालबाट डिस्चार्ज भए ।
संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाइएको जनाइएको छ । कोरोना इन्फर्मेशन डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण सम्पन्न भएको जनाइएको छ ।
बुधबारमात्रै विभिन्न जिल्लामा गरी ३२ जना संक्रमित थपिएका हुन् । देशभर हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४३४ पुगेको छ । जसमध्ये ४५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।