प्रदेश १ को सबै पालिकामा अपाङ्गता हेल्पडेक्स निर्माणको माग

पूर्णपुष्टि, पुष ८

१ नम्बर प्रदेशको सबै स्थानीय तहमा अपाङ्गता भएका ब्यक्तिहरुको न्याय र सुचनामा पहुँचका लागि सुचना सञ्चार तथा सहयोगी कक्ष (हेल्पडेक्स) स्थापनाको माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, १ नं. प्रदेशले प्रदेश अन्तर्गतका सबै अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति हेल्पडेक्सको आवश्यकता रहेको प्रदेश अध्यक्ष नविनचन्द्र ढुङ्गेलले बताउनुभयो ।

“हामीले १ नम्बर प्रदेशको एक सय ३७ वटै स्थानीय तहमा हेल्पडेस्कको माग अघि सारेका हौं” अध्यक्ष ढुङ्गेलले भन्नुभयो “नेपालको कानुनमै उल्लेखित मौलिक अधिकार अन्तर्गत न्याय तथा अधिकार सुनिश्चितताका लागि यो नमुना योग्य काम हुनेछ”

महासंघले हेल्पडेक्स निर्माण गरी अपाङ्गता भएका ब्यक्तिहरुलाई नै अनिवार्यरुपले पचिालन गर्ने वातावरण सिर्जना गर्नु सरकारसंग माग राखेको छ । हरेक पालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको समुह बनाइ सक्रिय बनाएमा उनीहरुको क्षमता विकास हुने र हरेक ठाउँमा पैरवी गर्न परिचालन हुनसक्ने अध्यक्ष ढुङ्गेलको भनाई छ ।

महासंघले प्रदेशका सबै संरचनामा अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच पुर्याउन प्राविधिक क्षमता विकास, जनवकालतमा जोड दिने जनाएको छ । नीजि क्षेत्रका संरचनाहरुमासमेत अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच हुनुपर्नेमा जोड दिएको छ ।

प्रदेशभरीका अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्क एकिकृत गर्न र अध्यावधि गर्न स्थानीय तहमार्फत सप्mटवेयर प्रणालीको विकास गर्न माग गरिएको छ । अपाङ्गताभित्रको बहिरा (कान नसुन्ने) ब्यक्तिहरुको सञ्चारमा पहुँचका लागि कम्तिमा १ जिल्लामा दुईजना दोभाषे व्यक्तिको व्यवस्था गर्न र सांकेतिक भाषामा पहुँच बृद्धि गर्नुपर्ने बताइएको छ । साथै प्रादेशिक अडियो/भिडियो लाइब्रेरी निर्माणको माग गरिएको छ ।

महासंघ केन्द्रको नाममा विराटनगरमा रहेको जग्गाको सदुपयोगका लागि आर्थिक स्रोत जुटाई नमुना प्रदेश स्तरीय अपाङ्गता सुचना तथा अनुसन्धान केन्द्र निर्माणमा जुट्ने अध्यक्ष ढुङ्गेलले बताउनुभयो ।

महासंघले प्रदेशभर अपाङ्गमैत्री वातावरण निर्माणका लागि सबैखाले पहल गर्ने प्रतिबद्धता जनाएको छ । अपाङ्गता भएका ब्यक्तिहरुको संघ÷संस्थाहरुको क्षमता विकास र परिचालन, समस्याको सुनुवाईका लागि प्राविधिक समुह निर्माण गरी निरन्तर सहयोग, नीतिगत ब्यवस्थाको कार्यन्वयन, अनुगमन, वहस, पैरवीमा जोड दिइने भएको छ ।

जसको सवाल उसको नेतृत्व भन्ने मुलनारालाई चरितार्थ बनाउन प्रादेशिक रणनीतिक योजनाका साथ अघि बढ्ने र महासंघको केन्द्रिय नीति अनुकुल प्रादेशिक नीति निर्माण गरिने बताइएको छ । हालै सम्पन्न महासंघको प्रदेश अधिवेशनबाट १९ सदस्यीय प्रदेश कमिटि निर्माण भएसंगै कमिटिले गतिविधि अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: