Saturday, June 27News That Matters

प्रदेश १ मा अखिलक्रान्तिकारीको तीनमहिने अभियान सुरु

पूर्णपुष्टि, भदौ १ गते ।
अखिलक्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालनगर्ने भएको छ ।
माओवादी केन्द्रको भातृ संगठन रहेको अखिलक्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्तअभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ ।
जस अनुसार उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको एउटा, सुनसरी, झापा र मोरङको दोस्रो, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको तेस्रो तथा इलाम, पाँचथर र ताप्लेजुङको चौथो कमाण्ड निर्माण गरेको हो । उक्त कमाण्डमा प्रदेशका उपाध्यक्षहरु क्रमशःशंकर तिम्सिना, मनिषा आचार्य, योगेश भट्टराई र खेम रणपहेलीले इन्चार्जको भूमिका निर्वाह गर्ने अखिलक्रान्तिकारीले जनाएको छ ।
अभियानको क्रममा विद्यार्थीमाश्रम संस्कृति विकास गर्न विद्यालय, क्याम्पसका कक्षा, खेलमैदान, बगैंचा, धारा, शौचालय सरसफाइगर्ने, सीप, श्रम, उत्पादन र आम्दानीसँग जोडिने शिक्षाबारे छलफल, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रमगर्ने, विज्ञान प्रविधि साक्षरताका लागि विज्ञान प्रविधिसँग सम्बन्धीत विभिन्न कार्यक्रम गर्ने, भदौ मसान्तसम्ममा ५० हजार अखिलक्रान्तिकारीको नयाँ सदस्यता विस्तार गर्ने, १५ दिन भित्र प्रदेशको १३७ वटै स्थानीय सरकार र ७दिन भित्रमा प्रदेश सरकार समक्षशिक्षा, स्वास्थ्य, रोजगारी र जनजीविका सम्बन्धीध्यानाकर्षण गराउन माग पत्र पेश गर्ने लगायत काकार्यक्रम रहेका छन् ।
माग पत्रमा अखिलक्रान्तिकारीले शिक्षामा २० प्रतिशत बजेट अनिवार्य छुट्याउन माग गर्ने, रिक्त रहेको शिक्षक दरबन्दी पुरा गर्न माग गर्ने, हरेक पालिकामा एउटा व्यवस्थित आवासीय माध्यामिक विद्यालय सञ्चालन गर्न माग गर्ने लगायतका विषय रहनेअखिलक्रान्तिकारीका प्रदेश अध्यक्ष हेमन्त राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।