
पूर्णपुष्टि, कार्तिक २२
नेपाल बार एशोसियसनले प्रधानन्यायधिश चौलेन्द्रशमसेर राणा विरुद्ध थप आन्दोलन चर्काउने चेतावनी दिएको छ । प्रधानन्यायधिश राणाको तत्काल राजीनामा माग गर्दै निरन्तर बारले बिरोध जनाई रहेको छ । आन्दोलन लाई थप चर्काउने र राणा बिरुद्ध देशैभर आन्दोलन चर्काउने बारे सबै बार इकाईहरु सँग छलफल भईरहेको बारले जनाएको छ ।
नेपाल बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई सोमबार साढे १० बजे नेपाल बारको प्राङ्गणमा उपस्थित हुन आह्वान गरेका छन् ।
कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश राणाविरूद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र बार एशोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि तिहारको विदा सुरू भएको थियो।
सोमबारदेखि उक्त विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले सबै कानुन व्यवसायीलाई उपस्थित हुन बारले आह्वान गरेको छ। मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेरपछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायीक विचलन देखिएको भन्दै नेपाल बारले उनको राजीनामा मागेको थियो।
सत्तासँग सौदावाजी गर्ने न्यायालयलाई विवादमा पारिरहेको भन्दै सर्वोच्चका सबै न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशको राजीनामा मागेका छन्। उनीहरूले राजीनामा नदिउन्जेल प्रधानन्यायाधीश राणाले तोकेका बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दा नहेर्ने अडानमा छन्।
