Sunday, June 14News That Matters

प्रधानमन्त्रीले गरे गोरखाको पन्थहिटी–कटहरे–साहिलटार सडक शिलान्यास

पूर्णपुष्टि, चैत ७ । गोरखामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पन्थहिटी–कटहरे–साहिलटार सडक शिलन्यास गरेका छन् । गोरखाको क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी–कटहरे–हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलन्यास गरेका हुन् । गत मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् ।

बिमिरेमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेता उपस्थिति भएका थिए । २० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिउको हो । वुड हिल–लामा जेभी महाराजगन्जले ३० महिनामा सक्ने गरी यो सडक निर्माणको ठेक्का लिएको छ । सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ।