Saturday, June 27News That Matters

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा कृषि औजार वितरण

पूर्णपुष्टि, असार २२ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई उदयपुरले आइतबार ५० प्रतिशत अनुदानका साना मेसिनरी औजार वितरण गरेको छ । परियोजनाका कार्यालय प्रमुख राम सोगारथ साहको अध्यक्षतामा भएको वितरण कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले कृषकहरुलाई औजार वितरण गर्नुभयो ।
अदुवा, बेसार खेती प्रवद्र्धन तथा सुन्तलाखेतीमा टेवा पुर्याउने तथा कृषक र कृषि प्रणालीलाई आधुनिकरण बनाउदै लैजाने उद्देश्यले पावर ट्रेलर (मेसिन) ३ थान र मिनि ट्रेलर (मेसिन) ५ थान वितरण गरिएको हो । बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका कृषकहरुलाई कृषि औजारहरु वितरण गरिएको हो ।

भिडियो लिंक :  https://www.facebook.com/Purnapusti420730/videos/294027655082617/