
पूर्णपुष्टि, जेष्ठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यहि जेष्ठ ७ गते विश्वासको मत लिन लागेका हुन् ।
जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिएको थियो भने समर्थन समेत फिर्ता लिएको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको सभामुख देवराज घिमिरेलाई जानकारी गराईसकेको र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे पत्र प्राप्त भएको र सचिवालयले त्यस अनुसार तयारी थालिसकेको जानकारी दिए ।