Monday, May 4News That Matters

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

पूर्णपुष्टि,असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।

दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।