प्रधानमन्त्री प्रचण्ड शनिवार उदयपुर आउँदै

पूर्णपुष्टि, १६ माघ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) शनिवार उदयपुर आउने भएको छ । दाहाल रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि उदयपुर आउने भएको हो । लामो समयदेखी अन्य भवनमै काम कार्वाही गर्दै आएका रौतामाई गाउँपालिकाले अब आफ्नै भवन पाउने भएको हो । सोही भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री दाहाल उदयपुरको भुट्टार आउने भएको हो । कार्यक्रम १० बजेदेखी २ बजे सम्म भुट्टारमा हुने भएको छ । भवन उद्घाटन सँगै दाहाल उदयपुरको अन्य क्षेत्रहरुमा अवलोकन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0