Wednesday, July 1News That Matters

प्रमाणपत्र किर्ते गर्ने ७ जना डाक्टर पक्राउ

बैशाख ६ 

एसएलसीको प्रमाणपत्र किर्ते गर्ने सात जना डाक्टरहरू पक्राउ परेका छन् ।

बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जानका लागि एसएसलीको प्रमाणपत्रमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरण सच्याइ त्यही किर्ते प्रमाणपत्रको आधारमा बङ्गलादेशमा एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएका र अहिले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

न्युरो हस्पिटल विराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाषप्रसाद साह, दीर्घायु गुरु हस्पिटल चावहिलमा कार्यरत मोहम्मद शाहिद राजा, चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम, मोरङबाट अखिलेशकुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूसँगै नक्कली प्रमाणपत्र बनाउन सघाउने बागबजारमा रहेको ज्योतिदीप इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि प्रक्राउ गरिएको जनाएको छ ।

प्रक्राउ परेकाहरूलाई सरकारी छाप किर्ते कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।