Tuesday, April 21News That Matters

प्रम ओलीमाथिको आरोप फिर्ता लिए नेकपा मिल्नसक्ने उपप्रधानमन्त्री पोखरेलको संकेत

पूर्णपुष्टि, माघ १४

नेपाल सरकारका उपप्रधानमन्त्री एवम् नेकपा नेता इश्वर पोखरेलले नेकपा आधिकारीक रुपले फुट नभएको तर ब्याबाहरिक हिसावले फुटको अवस्थामा पुगेको बताउनुभयो ।

आज बिहान जलजलेमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले ब्यबहारिक रुपमा देखिएको फुटले अराजक गतिबिधि निम्त्याउनुका साथै पार्टीलाई नोक्सान पुराएको पनि बताउनुभयो ।

निर्वाचन आयोगले केपी ओली, पुष्प कमल दाहाल (प्रचण्ड) दुई अध्यक्ष र माहासचिव बिष्णु पौडेल रहेको नेकपालाई मात्र आधिकारिक चिनेको बताउँदै उनिहरु बाहेकले बोलाएको बैठक र गतिबिधि आधिकारिक नहुने बताउनुभयो । उहाँले अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली माथी लगाएको नकरात्मक आरोप फिर्ता गरेर निर्वाचनका निम्ति तयारी भएमा समस्या हल तर्फ जाने संकेत गर्नुभयो । पार्टी एकता गरिएको बेला रहेका केहि असमझदारीहरु झाँगिएर अहिले पार्टी फुटको अवस्था आएको उहाँको भनाई छ ।

निर्वाचनबाट पहिलो पार्टी भईन्छ भन्ने के ग्यारेन्टी छ भन्ने प्रश्नको जवाफमा निर्वाचनको परिणाम हेर्नु पर्ने बताउनुभयो । पत्रकार सम्मेलन पछि मन्त्री पोखरेले कटारीमा आयोजना हुने नेकपा ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न लाग्नुभयो ।