Tuesday, April 21News That Matters

प्रतिगमनबिरुद्ध बिराटनगर जाने व्यापक तयारी

पूर्णपुष्टि, माघ १४

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) उदयपुर प्रचण्ड– माधव समूहले आगामी १६ गते बिराटनगरमा हुने प्रतिगम बिरुद्धको बिशाल प्रदर्शनमा ब्यापक सहभागीता जनाउने तयारी गरिरहेको छ । यसै क्रममा त्रियुगा नगरको तेस्रो पूर्ण बैठकले १९ ओटा बसको व्यवस्था गरी उक्त प्रदर्शनीमा सहभागीता जनाउने निर्णय गरेको छ । नगरकी उपाध्यक्ष गिता खड्काको अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेकपा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बलदेव चौधरीको प्रमुख अतिथ्यतामा भएको बैठकमा प्रतिगमन बिरुद्ध र असंवैधानिक कदमको बिरुद्ध गाउँगाउँ स्तरबाट उठ्नु पर्ने उद्घोष गरिएको छ । बैठकमा १६ ओटै वडाका वडा पार्टी अध्यक्ष र सचिवलाई आमन्त्रित गरिएको वडा नं ६ का पार्टी अध्यक्ष पार्टी प्रवेश खड्काले जानकारी दिनुभयो ।