
पूर्णपुष्टि, माघ १४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा )त्रियुगा नगर को तेस्रो पुर्ण बैठक माघ १३ गते गिता खड्का कार्की को अध्यक्षता र नेकपा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बलदेव चौधरी को प्रमुख अतिथ्यता मा सम्पन्न भयो । बैठकमा नगर कमिटी सदस्य साथै १६ वटै वडा पार्टी अध्यक्ष सचिव लाई समेत आमन्त्रित गरिएको थियो ।

बैठकमा असम्बैधानिक कदम ,प्रतिगमन विरुद्ध गाउँ गाउँ स्तरमा बाट उठ्नुपर्ने भन्दै यहि माग १६ गते प्रतिगमन विरुद्ध बिराटनगरमा हुने विशाल प्रदर्शनको लागि त्रियुगा नगरबाट १९ वटा गाडीको ब्यबस्था गरियो निर्णय भयो ।
