Tuesday, April 21News That Matters

४३० लिटर तेल चोरीगरी बेचेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका लोडर अप्रेटर सहित २ जना र तेल किन्ने १ जना पक्राउ

पूर्णपुष्टि, माघ १३

उदयपुरमा ४३० लिटर तेल चोरी गरी बेच्ने २ जना र तेल किन्ने १ जना गरी ३ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।

उदयपुर सिमेन्ट उद्योगका लोडर अप्रेटर सिराहा जिल्ला गोलबजार नगरपालिका ४ का ५७ बर्षे इन्द्र भटुट र उद्योगकै सवारी चालक त्रियुगा नगरपालिका ६ का ५१ बर्षिय मोहन राई र तेल किन्ने त्रियुगा नगरपालिका ८ का ५२ बर्षिय प्रविन चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।तेल चोरी गरी बेचेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको बिषेश टोलीले किन्ने बेच्ने दुबै पक्षका व्यक्तिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

लोडर, ट्रक र ड्रममा राखिएको तेल चोरी गरी बेचेको आरोपमा अप्रेटर सहित तिनै जनालाई पक्राउ गरी थप अनुसन्धानको प्रक्रिया अगाडी बढाईएको डिएसपी गौतमले बताउनुभयो ।