
पूर्णपुष्टि, माघ १३
मोरङ बिराटनगर १६ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान १६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल १० एम्पुल, फेनारगन १० एम्पुल, लुपिजेसिक १० एम्पुल र डाईजोल्याब १० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
