Saturday, April 26News That Matters

प्रवासमा पनि खोजिदै प्रतिभा: अक्टोबर २८ मा ‘एभरेष्ट आईडल युके’ को ग्राण्ड फिनाले

लन्डन -प्रवासमा पनि नयाँ गायन प्रतिभाको खोजी भईरहेको छ । बेलायतमा इ मिडिया हब युकेद्वारा आयोजित “भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल” कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी भईरहेको हो ।
युकेको बहुप्रतिक्षित गायन प्रतियोगिता “एभरेष्ट आईडल युके २०१७” को ग्राण्ड फिनाले  अल्डरसटको एम्पाएर हलमा आगामी २८ अक्टोबर साँझ आयोजना हुने भएको छ । “एभरेष्ट आइडल”ले बेलायतमा लोकप्रियता हाँसिल गर्दैगरेको छ ।

१६ सेप्टेम्बर (भदौ ३१ ) मा बेलायतको आस्फोर्डको नर्टोन नाचबुल स्कूलमा भएको सेमीफाईनल राउण्डबाट एभरेष्ट आइटलका लागि उत्कृष्ट १४ फाईनलिष्ट चुनिएका छन् । फाईनलिष्टहरुमा सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिपप्रकाश राई, किरन गुरुङ, प्रवेश राई, मार्गरेट लिम्बु, आइती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् ।

आगामी २८ अक्टोबर (कार्तिक ११) मा फाईनल राउण्ड हुने प्रतियोगितामा कस्ले जित्ला भन्ने चर्चा र चासो बढिरहेको छ ।

प्रतियोगितामा,
-प्रथम हुनेले १२ सय पाउण्ड गित रेकर्डिङ कन्ट्र्याक्ट सहित बिभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

-दोश्रो हुनेले ५ सय पाउण्डसहित गित रेकर्डिङ र अन्य गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन् ।

-तेश्रो हुनेले २ सय पाउण्डसहित गित रेकर्डिङ र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

निर्णायक
गायिका शर्मिला बर्देवा, गायिका सितु खरेल रिमाल र गायक गितकार तथा सँगितकार बिसी राई निर्णायक रहने उक्त ग्राण्ड फिनालेमा उपस्थित दर्शक तथा निर्णायकको भोटको आधारमा बिजेता घोषित गरिने छ ।

प्रतिभावान प्रतियोगीले पहिलो “एभरेष्ट आईडल युके २०१७” को  टाईटल जित्न प्रतिष्पर्धा हुने कार्यक्रमको प्रमुख अतिथि युकेका लागि नेपाली राजददूत डा. दुर्गा बहादुर सुबेदी (दुबसु), पप गितका प्रबर्तक गायक नोर्देन तेन्जिङ भुटिया, एनआरएनए युकेका अध्यक्ष,  युकेका बिभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधी, युकेमा रहेका  गायक, गीतकार र संगितकार अतिथि रहने छन् ।

उत्साहित रुपमा गिती लेखनमा ख्यातीप्राप्त गीतकार नीलम आङ्बुहाङ राई, जानु  काम्बाङ साथै गायक, संगितकार तथा गितकार बिसी राईलगायतले आईडल बिजेता र टप थ्री प्रतिस्पर्धीलाई गित रेकर्ड गरिदिने प्रायोजन प्राप्त भएको जानकारी दिए ।

प्रायोजक:
विभिन्न व्यापारीक तथा व्यक्तिगत रुपमा प्रायोजन गर्नेमा न्यू लक्ष्मी ज्वेलर्स, पिपल मोर्गेज, देउकी राई, गोर्खा भिल्ला आश्फोर्ड, पुन हिल ग्रोसरी सप, फोर्सेस क्याब, एभरेष्ट सेक्युरिटी सर्भिसेस, गोर्खा प्रोपर्टिज, जेन ट्राभल, काठमाण्डु ज्वेलर्स, गीतकार नीरा पिजि, गोर्खा भिल्ला अल्डर्सट, ‘सुरभी हेयर एण्ड ब्युटी सैलून’ रहेको छ । साथै, दुर्गा घले,  बलराम घले र युरोपा फूडलगायतले पनि प्रायोजन गरेका छन्।

एभरेष्ट आईडल युकेका हेड किसन राईका अनुसार,
-ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पूरा भएको छ ।
-कार्यक्रमको  टिकट बजारमा उपलब्ध गराई सकेका छौं ।
-कार्यक्रमकै दिन प्रवेश द्वारमा पनि टिकट उपलब्ध गराईने छ ।
-कार्यक्रम स्थल प्रवेशश गरेर मन परेको प्रतियोगीलाई भोट गर्न सकिनेछ ।

आफुले मन पराएको प्रतियोगीलाई भोट गर्न टिकट आवश्यक पर्ने जानकारी दिंदै बजार ब्यबस्थापन टिमका प्रमुख प्रेम गुरुङले भिआईपि टिकट पनि उपलब्ध रहेको जानकारी दिए ।

ईएमएच लिमिटेड युकेका सिईओ ईश्वर चाम्लिङले भने,
-यो पटक हतारमा सिमित श्रोत र साधनका बिच कार्यक्रम आयोजना भए पनि आशा गरे भन्दा धेरै राम्रोसँग कार्यक्रम भएकोमा खुशी लागेको छ ।