
पूर्णपुष्टि, साउन २८
प्रहरीको जिप दुर्घटना हुँदा रुकुम पश्चिममा ४ प्रहरी घाईते भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सहित प्रकाश डाँगीसहित ४ जना घाईते भएको हो ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं। ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेका थिए । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई जना डिएसपी घाइते छन् । प्रहरीतर्फ डाँगी र सशस्त्र प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते छन् ।

डिएसपी डाँगीको टाउकोमा चोट लागेको रूकुम(पूर्वका प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए। यता श्रेष्ठ भने सामान्य घाइते छन् । दुर्घटनामा परी प्रहरी जवान लक्ष्मण पुन गम्भीर घाइते छन् । घाइतेमध्ये गम्भीर प्रहरी जवानलाई थप उपचारका लागि अस्पताल पुर्याउन नेपाली सेनाको हेलिकप्टर रूकुम पुगिसकेको छ।
प्रजिअ सुनुवारले घाइतेलाई आफूले हेलिकोप्टरमार्फत अस्पताल पठाउने तयारी गरिरहेको जानकारी दिए । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलतर्फ पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार डिएसपीसहितको टोली तकशेरमा निरीक्षणमा जाँदै थियो। सो गाडी बिहान ११ बजे दुर्घटनामा परेको कार्यालयले बतायो ।
घाइते मध्ये प्रहरी जवान सन्तोष बुढा र लक्ष्मण पुनलाई हेलिकप्टरमार्फत बाँकेको नेपालगञ्ज तर्फ लगिएको छ। दुर्घटनाका घाइते प्रहरी जवान मध्ये प्रहरी हवल्दार तथा चालक कुमारसिंह डाँगी पनि गम्भीर छन्। उनलाई नेपालगञ्ज लैजान फेरि हेलिकप्टर आउने उनले बताए ।
