
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज आयोजनामा गरेको मैत्रिपूर्ण ब्याड्मिन्टन प्रतियोगितामा जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगी र हिमाल श्रेष्ठको जोडी प्रथम भएको भने मिनबहादुर खड्का र खड्ग भुजेलको जोडी दोस्रो स्थानमा आउन सफल भएको छ ।
प्रहरी कार्यालय परिषरमा नवनिर्मित कवर्डहलमा आयोजित प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतिस्पर्धिहरुलाई पछि पार्दै फाइनल खेलमा २१–१८ अंकमा पहिलो सेट पछि परेको एसपी योगी र श्रेष्ठको जोडीले बाँकी दुई सेट ८–२१ र ११–२१ को अंकका साथ विजय हाँसिल गरेको हो ।
विजयी प्रथम र दोस्रो टिमलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, उदयपुर जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष कालिदास राई (किसन), सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम पाण्डे, सशस्त्र प्रहरी प्रमुख एसपी सुशिलकुमार शाहीले पुरस्कार स्वरुप मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिता मैत्रीपूर्ण र रोचकढंगले सम्पन्न भएको थियो ।

