Saturday, April 26News That Matters

उदयपुरको मुख्य लागुऔषध कारोवारी पक्राउ : प्रहरीको विशेष अप्रेसनको सफलता

युवराज राई ।
पूर्णपुष्टि, असोज २२ गते

गाईघाट-लागूऔषधविरुद्ध विशेष अप्रेशन थालेको जिल्ला प्रहरीले उदयपुरको मुख्य लागूऔषध कारोवारीसहित पाँच जनालाई गएरातीदेखि आज (आइतबार)सम्ममा पक्राउ गरेको छ । उनीहरुबाट ठूलो मात्रामा लागुऔषधसमेत बरामद भएको छ ।

पक्राउ पर्नेमा मुख्य कारोवारी त्रियुगा नगरपालिका १० बस्ने ३० बर्षिय पेशलकुमार घिमिरे रहेका छन् भने अन्य त्रिनपा ११ का अर्जुन चौधरी, वडा नं. १२ का विजय चौधरी, सोही वडाका अनिल मगर र सिरहाको लहान नगरपालिका ३ बस्ने १९ बर्षिय राजु भनिने राजकुमार यादव रहेका छन् । रहेका छन् । पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई आइतबार सार्बजनिक गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट््टले उदयपुरको मुख्य लागूऔषध कारोवारी पक्राउ परेको बताए ।

उनीहरुको साथबाट विभिन्न १ सय ९९ एम्पुल लागूऔषध बरामद गरेको छ । साथै मोटरसाईकल २ वटा, ११ हजार ६३० नगद र मोवाईसेट २ थान बरामद भएका छन् । जिल्ला प्रहरीका अनुसार मुख्य कारोवारी घिमिरेलाई डेरागरी बसेको घरमा छापामारी प्रहरीले पक्राउ गरेको थियो । प्रहरी पुगेको थाहा पाए लगत्तै उनले ओछ्यानमा लुकाइराखेको लागूऔषध नष्ट गर्ने प्रयास गर्दै प्रहरी निरिक्षक टेकेन्द्र शर्मासंग लाप्पासमेत भिडेका थिए । उनको कोठाबाट डाइजाल्याव ३४, फेनरागन ३५ र लेबल नभएको ३४ एम्पुल बरामद भएको थियो । प्रहरीले गएराती चौधरी र विकलाई एक÷एक एम्पुल लुपिजेसिक फेनरागनसहित पक्राउ गरेपछि उनीहरुलाई केरकार गर्दै मुख्य कारोवारी घिमिरेसम्म पुगेको थियो ।

घिमिरे पक्राउपछि उनको मोवाईल कब्जामा लिई प्रहरीले गाईघाटसम्म सप्लाई गरिदिने सिराहाका यादवलाई आइतबार दिउसो पक्राउ गर्न सफल भएको थियो । लगत्तै अर्का मगर मोटरसाईकलबाट गाईघाटतर्फ आउदै गरेको अवस्थामा सोही दिन प्रहरीको चेकजाँचको क्रममा लालपत्ता प्रहरी चौकीले १८ एम्पुल लागूऔषधसहित पक्राउ गरेको थियो । अप्रेशनमा एसपी भट्टसहित डिएसपी मेघराज अधिकारी, प्रहरी निरिक्षकद्वय टेकेन्द्र शर्मा, देविप्रसाद फागो लगायत सिंगो प्रहरी टिम लागी परेको थियो । उनीहरुलाई पक्राउ परेसंगै कारोवारीको ठूलो सञ्जालको रहस्यासमेत खुल्दै गएको प्रहरीले जनाएको छ । मुख्य कारोवारी नै पक्राउ परेकाले अव जिल्लामा लागूऔषध कारोवारमा केही कमी आउने प्रहरीले आशा गरेको छ ।

जिल्लामा नयाँ प्रहरी प्रमुख एसपी भट्ट आएपछिको अवस्थामा हालसम्ममा २३ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भई ४८ जनालाई मुद्दामा छन् । जिल्लामा लागूऔषधको समस्या जटिल देखिएकोले विशेष अप्रेशननै चलाईएको बताउदै एसपी भट्टले बाकी रहेका केही कारोवारी र सेवनकर्ताहरुसमेतलाई नछाडिने बताए । समाजमा हुने आपराधिक घटनाहरु बढिजसो लागूऔषधकै कारण हुने भएकोले त्यस्ता कारोवारी वा सेवनकर्ताको बारेमा सूचना दिएर प्रहरीलाई सहयोग गर्न स्थानीय तथा अभिभावहरुलाई उनको अनुरोध छ ।