Monday, June 22News That Matters

प्रहरीमाथि नै ढुंगामुढा प्रहार

पूर्णपुष्टि, जेष्ठ २४

विवाह घरमा प्रहरीमाथि नै ढुंगामुढा प्रहार भएको छ । रौतहट गरुडा नगरपालिका–२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । बस्ने २५ वर्षीय सुनिल कुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका–६ फत्तेपुर बस्ने ३७ वर्षीय राधा साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधाज्ञाको समयमा मापदण्ड विपरीत मानिसहरुको उपस्थितिमा सोही ठाउँको १९ वर्षीय सुजित कुमार सहनीको विवाहमा डिजे बाजा बजाएर भिडभार गराइ नाचगान गरेको उनीहरुमा आरोप छ ।

ईलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउने क्रममा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

ढुंगामुढा प्रहारबाट घाइते भएका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको झाजपुलस्थित ग्रेण्डी हस्पिटलमा उपचार भइरहेको छ भने अन्य ६ जना प्रहरी कर्मचारीहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।